बिग आइकनको ट्राभल पार्टनर ‘ जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स’

Share:

रेम बिक
पोखरा, ८ मंसिर ।

सातौँ सँस्करणको बिग आइकनको ट्राभल पार्टनरमा ‘जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स प्रालिले बिग एफएमसँग सहकार्य गरेको छ । बिग आइकनका लागि यो संस्थासँग सहकार्य भएको यो सहित दोस्रो पटक हो ।

बिग एफएमका अध्यक्ष महेश भण्डारी र जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक चेतन कार्की बीच सम्झौता भएको हो ।

सम्झौतापछि प्रालिका प्रबन्ध निर्देशक चेतन कार्कीले बिग आइकनको प्रभावकारिता देखेर आफुहरु दोहो¥याएर यो इभेन्टसँग जोडिएको बताए । ‘बिग एफएमको माइलेज हामीले देखेका छौँ । र, देशकै उत्कृष्ट गायन शो मा जोडिन पाउनु हाम्रो लागि पनि फाईदाको कुरा हो ।’ कार्कीले भने–‘अघिल्लो वर्ष नै हामीले यो इभेन्टबाट सकारात्मक फिडब्याक पाएका छौँ ।’ पृथ्वीचोक नागढुंगास्थित कार्यालय रहेको यो प्रालिले आगामी दिनमा पनि बिग आइकनसँग निरन्तर सहकार्य गर्ने उनले बताए ।

यता बिग एफएमका अध्यक्ष महेश भण्डारीले यस्तै सुभेच्छुकहरुको सहकार्य र सहयोगले मात्रै बिग आइकनले यो उँचाई प्राप्त गरेको बताए । ‘हामीसँग जोडिएका हरेकलाई हामीले धेरै पटक सम्म व्यवसायिक रुपमा दोहो¥याएका छौँ ।’ उनले भने–‘यहि कुराले नै बिग आइकनको सफलता देखाउँछ ।’

बिग आइकनको सातौँ सँस्करण अन्तरगत हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, ‘इन एशोसियसन विद‘मा कान्साइ पेन्ट्स नेपाल, ‘पावर्ड बाइ’मा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, ‘सपोर्टेड बाइ’ मा पोखरा ट्रेड मल, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी, को–स्पोन्सरमा पिपलडाली मसला, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।

बिग आइकनको सातौँ संस्करणका लागि यतिबेला आयोजक संस्था बिग एफएमले निशुल्क रुपमा फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: