
पोखरा, ८ मंसिर-
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा चिनिएको आहा रारा गोल्ड कपको १५ औं संस्करण आगामी माघ पहिलो साताबाट सुरु हुने भएको छ । माघ पहिलो हप्ता देखि प्रतियोगिता सञ्चालन गर्ने गरी अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
क्लबका अध्यक्ष बिरभद्र आचार्यले छिट्टै प्रतियोगिताको मिति सार्वजनिक गर्ने बताए । प्रतियोगिताको आन्तरिक तयारी तिब्र पारिएको र चाडै नै मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरी तयारीलाई अझै तिब्रता दिइने उनले बताए । क्लबले सञ्चालन गरेको प्रतियोगिता मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भएको भन्दै उनले आगामी संस्करणलाई अझै परिस्कृत गर्दै लगिने प्रतिबद्धता जनाए ।
खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार प्रतियोगिताको आयोजना गर्ने क्लबले जनाएको छ । क्लबले प्रतियोगिताबाट बचत हुन आउने रकम सहारा एकेडेमी सञ्चालनमा खर्च गर्दै आएको छ ।
