भोलीको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनको प्रस्ताव पेश हुने

Share:

काठमाडौं, ९  मंसिर –
सरकारले संविधान संशोधनको प्रस्ताव भोली शुक्रबार बस्ने मन्त्रीपरिषद्को बैठकमा पेश गर्ने भएको छ । बिहीबार बेलुका नेकपा एमालेका नेतासँग भएको बैठकमा पनि एमालेले संशोधनको विरोध गरेपछि सरकारले तत्कालै प्रस्ताव अघि बढाउने निधो गरेको हो ।

शुक्रबारको मन्त्रीपरिषद् बैठकमा प्रस्ताव पेश गर्ने र त्यसपछि संसदमा दर्ता गर्ने प्रधानमन्त्रीको तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । मन्त्रीपरिषद्को नियमित बैठक बिहीबार बस्नुपर्नेमा एमालेसँग अन्तिम छलफल गर्नकै लागि बैठक शुक्रबारका लागि सारिएको छ ।

संसदमा प्रस्ताव दर्ता भइसकेपछि पनि एमालेसँग सहमति खोज्ने र एमाले सहमतिमा आउनेमा प्रधानमन्त्री आशावादी रहेको पनि उहाँले जानकारी दिनुभयो । प्र्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेका अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम र भिम रावल सहभागी हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
Share: