बिग आइकन विजेताले यामाहाको स्कुटर पाउने

Share:

रेम बिक
पोखरा, १० मंसिर । सातौँ सँस्करणको बिग आइकनले पुरस्कारस्वरुप यामाहाको स्कुटर प्राप्त गर्ने भएका छन् । बिग आइकनका लागि यामाहा मोटरसाइकलको नेपालस्थित आधिकारीक विक्रेता कम्पनी मोरङ अटो वक्र्स (एमएडब्लू) इन्टरप्राइजेज प्रालि’ले स्कुटर उपलब्ध गराउनेछ । यो पटक बिग आइकनका विजेताले १ लाख ८४ हजार ९ सय रुपैयाँ बराबरको स्कुटर पाउनेछन् ।

बिग आइकन विजेताका लागि कम्पनीले स्कुटर उपलब्ध गराउने गरि ‘एमएडब्लू’ले बिग एफएमसँग सहकार्य गरेको हो । शुक्रबार बिग एफएमका अध्यक्ष महेश भण्डारी र एमएडब्लू इन्टरप्राइजेज प्रालिका असिस्टेन्ट जनरल म्यानेजर दिपक रौनीयारबीच आइकनका लागि सम्झौता भएको हो ।

यो कम्पनीले बिग आइकनसँग व्यवसायिक रुपमा सहकार्य गरेको पहिलोपटक हो । सम्झौतापछि एमएडब्लूका असिस्टेन्ट जनरल म्यानेजर रौनीयारले बिग आइकनको सफलताले आफुहरुलाई लोभ्याएको प्रतिक्रिया दिए । ‘हामीले यस अगाडिका सँस्करणहरुमा अरु थुप्रै अटोमोबाइल कम्पनीहरु यो इभेन्टसँग जोडिएको पायौँ । र, हामीले बिग आइकनको प्रभाव देख्यौँ ।’ रौनीयारले भने–‘यो पटक हामी यो इभेन्टसँग जोडिएका छौँ । नेपालकै प्रतिष्ठित र चर्चित गायन प्रतियोगिताले हाम्रो ब्राण्ड प्रमोशनमा अवश्य सहयोग पु¥याउनेछ ।’

त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले यामाहाजस्तो विश्वचर्चित ब्राण्डले बिग आइकनमा सहभागिता जनाउनु निकै राम्रो कुरा भएको बताए । ‘हाम्रो इभेन्टको प्रभाव यसले देखाउँछ । र, अझै यसले बिग आइकनको प्रभावलाई विस्तार गर्ने काम गर्छ ।’ उनले भने–‘आगामी दिनमा पनि यो खाले सहकार्य रहिरहोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।’ यामाहा ब्राण्डका मोटरसाइकलको पोखरास्थित आधिकारीक विक्रेता बिश्वकर्मा अटो वक्र्स नयाँबजारमा रहेको छ ।

बिग आइकनको सातौँ सँस्करण अन्तरगत हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ ग्यालेक्सी जे टु सिक्स, इन एशोसियसन विदमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाइमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाइमा पोखरा ट्रेड मल, मेन–स्पोन्सरमा मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी, स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स प्रालि, ब्रोडकास्टीङ पार्टनरमा एभिन्यूज, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिक र अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: