ओम डेभलपमेन्ट बैंकको २९.२० प्रतिशत लाभांश स्विकृत

Share:

पोखरा, ११ मंसिर-
ओम डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको २९.२० प्रतिशत बोनश शेयर नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । नेपाल राष्ट्र बैंकले स्विकृत गरेको बोनश शेयर बैंकको आंउदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ । बोनश शेयर पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ ।
बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ ।
मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६७ करोड पुग्ने र त्यसपछि चालु आर्थिक बर्ष २०७३/७४ भित्रै हकप्रद शेयर जारी गर्ने र २०७३/७४ को मुनाफाबाट बोनश शेयर जारी गरि चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: