पोखराको दोबिल्लामा जीप दुर्घटना, २ को मृत्यु, १२ घाइते

Share:

बिग न्यूज
पोखरा, मंसीर ११
पोखरा—१७ दोबिल्लामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नँयाबजारबाट दोबिल्लामा पिकनिकका लागि गएको पोखरा टेन्ट हाउसको ग १ च ४५८९ नम्बरको बलेरो जीप आज दिउँसो साढे १ बजे दुर्घटना हुँदा अन्य १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परि रौतहट खटुवा हर्साह—६ बस्ने २० वर्षिय अरबेन्द्र चौधरी र भारत कलकत्ता घर भइ हाल पोखरा—९ महेन्द्रपुल बस्ने १४ वर्षिया लिसा महेस्त्राको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । प्रहरीका अनुसार चौधरीको फेवासिटी अस्पताल र महेस्त्राको नमस्ते अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।
घाइते मध्य ४ जनाको फेवासिटी अस्पताल र अन्य ८ जनाको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । १९ वर्षिय सन्दिप चौधरी, २१ वर्षिय रामानन्द चौधरी, ७ वर्षकी प्रबिष्टी मगर र २२ वर्षिय दुर्गेश गुप्ताको फेवासिटीमा उपचार भइरहेको छ । यस्तै ६ वर्षकी काजल गुप्ता, ४ वर्षकी पायल गुप्ता, ८ वर्षकी लक्की महेस्त्रा, १९ वर्षका शैलेन्द्र कुमार यादव, २३ वर्षका अविनाश चौधरी, ११ वर्षकी ईमिता राई, ७ वर्षका रितेश कुमार यादव र १७ वर्षकी तेजीना विकको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव निरीक्षक शोबित सुवेदीको नेतृत्वमा खटिएको १० जनाको टोली र स्थानियवासीले घाइतेहरुको उद्धार गरेका थिए ।
चालक सहित १५ जना सवार रहेको जीप पिकनिक खाइ फर्कने क्रममा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप र चालक वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: