
पोखरा, १२ मंसिर-
पोखरा ट्रेड मल चिप्लेढुंगाद्वारा संचालित दशै तिहार मेला बम्पर उपहार कार्यक्रम जारी छ । मेलाबाट हालसम्म दैनिक र साप्ताहिक सहित ४ सय १८ जना भाग्यमानी ग्राहकहरु पुरस्कृत भइसकेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।
ट्रेड मल भित्रका विभिन्न पसलबाट ग्राहकले समान खरिद गर्दा प्राप्त गरेका उपहार कुपनका अर्धकट्टीहरु संकलन गरी लक्की ड्रमार्फत दैनिक र साप्ताहिक बिजेता छनोट गरिन्छ । यस साताको भाग्यमानी ग्राहकमा कुपन नं.०३११७० का पोखरा न्युरोडकी आशिका गुरुङ छनोट भएकी छन् । आइतबार सार्वजनिक भएको उपहार कार्यक्रममा उनले पुरस्कार जितेका हुन् । उनलाई आगामी आइतबार उक्त पुरस्कार एक कार्यक्रमका बीच हस्तान्तरण गरिनेछ । उनले २०० लिटरको सिजीको फ्रिज उपहार प्राप्त गर्नेछन् ।
आइतबार सार्बजनिक भएको उपहार कार्यक्रमबाटै ५ सय रुपैयाँको नगद भौचर कुपन नं. ०८२०३१ का ग्राहकले जितेका छन् । २ सय रुपैयाँको नगद भौचर कुपन नं. ०९७४३७, ०६१३४९, ०८५८५१ का ग्राहकले र मुभी टिकट कुपन नं. ०८५७०३, ०१०३९२, ०७२२०४ का ग्राहकले जितेको मलका प्रवन्ध सञ्चालक मीनराज काफ्लेले जानकारी दिए । आकर्षक गिफ्ट ह्याम्पर जित्नेहरुमा कुपन नं. ०२०१७०, ०७०७७४, ०८६६९२ का ग्राहक छन् ।
यसैबीच, गत साताका उपहार बिजेता ग्राहक उकेश घलेलाई उपहार प्रदान गरिएको छ । ३२ इन्चको एलइडी टिभी प्रबन्ध सञ्चालक मीनराज काफ्ले, कार्यक्रम संयोजक वासुदेव पराजुली र प्रा.लि.का सञ्चालक सन्तोष घिमिरेले संयुक्त रुपमा घलेलाई हस्तान्तरण गरे । हालसम्म ४ सय १० जना ग्राहकले दैनिक उपहार जितेका छन् साप्ताहिक उपहार अन्तर्गत ४ जनाले ३२ ईन्चको टि.भि र ४ जनाले २ लिटरको फ्रिज जितिसकेको संचालक सन्तोष घिमिरेले जानकारी दिए । पुरस्कार कार्यक्रम मंसिर २४ गतेसम्म जारी रहनेछ कम्पनी सचिव माधव तिमिल्सिनाले बताए ।
