
मंसिर १५, पोखरा-
अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कास्कीले आज पोखरामा सरकारी सवारीसाधन चल्न नदिने भएको छ ।
हिजो साँझ संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावले राष्ट्रियता झनै कमजोर बन्ने भन्दै विरोधस्वरुप कास्कीमा आज सरकारी सवारीसाधन चल्न नदिईएको अनेरास्ववियु पृथ्वी नारायण क्याम्पस सम्मेलन आयोजक कमिटि संयोजक राजन शर्मा पराजुलीले बताए ।
विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले जे मन लाग्यो त्यहि गर्ने प्रचण्ड सरकारले देशको हित हुने काम केहि नगर्ने तर भारतको पछाडी लाग्ने गरेकाले विरोध गर्नुपरेको बताए ।
कमेन्ट गर्नुहोस्
