पर्वतको कुश्माबाट पनि साझा बसको सेवा

Share:

पर्वत, १५ मंसिर-
पर्वत सदरमुकाम कुश्माबजारबाट पनि साझा वसको सेवा लिन सकिने भएको छ । गत महिनादेखि सरकारले बागलुङ–काठमाडौ साझा यातायात संचालन गरेपछि पर्वतवासीले पनि सेवा लिन पाउने भएका हुन् ।
पर्वतमा विगतमै संचालनमा आएको स्थानमा साझा यातायातको काउण्टर खडा गरी यात्रुहरुलाई टिकट दिन थालिएको छ । साझा चोकस्थित मानकुमारी गिरीको घरमा रहेको साझा यातायात काउण्टरबाट यात्रुहरुलाई सेवा दिन थालिएको गिरीले जानकारी दिईन । कुश्माबाट काठमाण्डौका लागि विहान ७ बजे बस छुट्ने बताइएको छ । प्रत्येक दिन विहान ६ बजे बागलुङदेखि र ७ बजे कुश्माबाट साझा यातायातको सेवा दिन थालिएको छ ।
सस्तो सुलभ र आम सर्वसाधारणका सेवा सुविधा र आर्थिक बोझलाई ध्यानमा राखेर साझाको सुविधा कुश्माबाट पनि दिन थालिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: