
मंसिर १६ गते–
नेपालले थाइल्याण्डमा जारी महिला एसिया कपमा लगातार चौथो हार ब्योहोरेको छ । आज भएको आयोजक थाइल्याण्डविरुद्धको चौथो खेलमा पनि नेपाल ८ विकेटले पराजित भयो ।
नेपालले पुरै २० ओभर ब्याटिङ गर्न नसक्दा ६३ रनमै अलआउट भयो । नेपालले दिएको ६४ रनको सामान्य लक्ष्य थाइल्याण्डले १६ ओभरमै पूरा गरेको थियो ।
थाइ टोलीकी सिरिन्त्रा साइनसाकारटले नटआउट रहँदै सर्बाधिक २७ रन, नात्ताकान चान्थमले २४ रन बनाए । बलिङमा नेपालको तर्फबाट सरिता मगरले २ विकेट हात पारिन् ।
बैंककस्थित एसियन इन्स्टीच्युट अफ टेक्नोलोजीको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी छँदा ६३ रनमा अल आउट भएको थियो ।
नेपालको लागि ओपनर ज्योती पाण्डेले सर्बाधिक १६ रन बनाएपनि अरुले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि नेपाल पाकिस्तानसँग ४७, श्रीलंकासँग २३ र बंगालादेशसँग ४१ रनमा अलआउट भएको थियो ।
