पोखराको नेपाल-भारत मैत्री विद्यालय सहमतिपछि आजदेखि खुल्यो

Share:

पोखरा, २१ मंसिर-
शुक्रबार बन्द पोखराको रामबजारमा रहेको नेपाल भारत मैत्री विद्यालय मंगलबार देखि सञ्चालनमा आएको छ । विद्यार्थी संगठन र अभिभावकहरुले विद्यालयले नविकरण गर्न दवाव दिदै तालाबन्दी गरेका थिए । १५ दिन भित्रमा नविकरण लगाएतका सबैका प्रक्रिया सक्ने भारतीय दूतावासले प्रतिबद्धता जनाएपछि विद्यालय खुलेको हो ।

नेपालका लागि भारतीय दूतावासका रक्षा सचिव मनरास सिंहमानले विद्यालयका प्रिन्सिपल, विद्यार्थी संघठनका नेताहरु र अभिभावक संग भएको वार्ता १५ दिन भित्रमा नविकरण गरि सक्ने प्रतिबद्धता जनाएपछि विद्यार्थी संघठन, अभिभावकले सहमति गरेको नेपाल विद्यार्थी सघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । उनले शिक्षा मन्त्रालयम पनि नविकरणको काम सुरु भई सकेको जानकारी पाए पछि विद्यार्थी संगठनहरु सहमतीका लागि तयार भएको बताए ।

यसबर्ष कक्षा दशबाट पास भएका विद्यार्थीले कक्षा ११ मा पढ्न नपाएपछि विद्यार्थी संगठन र अभिभावक आन्दोलीत भएका थिए । कास्कीका ६ विद्यार्थी संगठन तथा अभिभावकहरुले विद्यालयको मूलगेटमा ताला लगाएर विद्यालय बन्द गरेका थिए । नेपाल भारत मैत्री विद्यालयमा भारतीय बोर्डको पढार्इ हुँदै आएको छ ।

विद्यार्थीको भविस्य अन्यौलमा परे पछि विद्यालय बाध्य भएर बन्द गर्नु परेको अभिभावकले बताएका थिए । विद्यलयले नेपाल सरकारको नियम अनुसार नविकरण नगर्दा विद्यार्थीहरुको भविष्यनै अन्यौलमा परेको थियो । गत सालको भारतको केन्द्रिय सिविएसई बोर्ड अन्तर्गत परिक्षा दिएर कक्षा ११ अध्ययनरत ५४ जनाको समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुको भविष्य अन्यौलमा परेको हो ।

कमेन्ट गर्नुहोस्
Share: