
रेम बिक
पोखरा, २१ मंसिर । दशैँ र तिहारको अवसरमा आयोजित छुट्टाछुट्टै रेडियो गेम शोका बिजेतालाई बिग एफएमले मंगलबार पुरस्कार वितरण गरेको छ । दशैँको अवसरमा आयोजित ‘महा–आजिजा’ र तिहारमा आयोजित ‘तिहारको खेल मज्जाको खेल’का बिजेताहरुलाई एफएमले पुरस्कार प्रदान गरेको हो ।
एक विशेष समारोहका बीच दुवै रेडियो गेम शोका प्रायोजकहरुको सम्मुखमा बिजेताहरुलाई एफएमले पुरस्कार वितरण गरेको हो । दुई वटा रेडियो गेम शो गरि जम्माजम्मी २९ जनालाई पुरस्कार वितरण गरिएको एफएमले जनाएको छ ।
रेडियो गेम शो अन्तरगत ‘महा–आजिजा’ तर्फ टंक रिमालले सबैभन्दा बढि १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । स्याङ्जाका कृष्ण अधिकारीले ५ हजार रुपैयाँ प्राप्त गरे । रबिन गुरुङ, गंगा अधिकारी र अस्मिता बिकले ३ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै अनुज महर्जन, सबिना बराल, तिर्सना बराल र अमृत गौतमले जनही २÷२ हजार रुपैयाँ प्राप्त गरे ।
रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत रबिना भुजेल, नवराज गिरी, प्रतिभा अधिकारी, सुर्य कुँवर, रितिका रिजाल र दिपक गिरीले १÷१ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरि कमला श्रेष्ठ र सरोज नेपालीले जनही पाँच सय रुपैयाँ प्राप्त गरे ।
यता ‘तिहारको खेल मज्जाको खेल’ अन्तरगत कुल १० जनाले नगद जितेको एफएमले जनाएको छ । यो रेडियो गेम शोमा अभिषेक केसीले सबैभन्दा बढी १२ हजार रुपैयाँ जिते । त्यस्तै सुनील थापाले १० हजार, रिया पुन र सागर बरालले ५÷५ हजार रुपैयाँ प्राप्त गरे । रेडियो गेम शो अन्तरगत निशा गुरुङ र ईश्वर चाँपागाईले १÷१ हजार रुपैयाँ प्राप्त गरे । भुवन शर्माले १ सय रुपैयाँ जितेका थिए भने नन्दबहादुर गुरुङ र निरज भुजेलले जनही १ रुपैयाँ जितेका थिए ।
दशैँको अवसरमा आयोजित गेम शो ‘महा–आजिजा’लाई पोखरा ट्रेड मलले मूख्य प्रायोजन गरेको थियो भने एपेक्स डिजिटलले सहकार्य गरेको थियो । यस्तै ‘तिहारको खेल मज्जाको खेल’लाई पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीले मूख्य प्रायोजन गरेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा पोखरा ट्रेड मलका प्रबन्ध निर्देशक मीनराज काफ्ले, एपेक्स डिजिटल पोखरा शाखाका स्टोर म्यानेजर अमृत सुवेदी, पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीका अध्यक्ष नारायण सुबेदी, पोखरा ट्रेड मलका म्यानेजर माधव तिमिल्सिना लगाएतको उपस्थिती रहेको थियो । ‘बिग एफएमले युवा लक्षित इभेन्टहरु संचालन गर्ने भएकोले यसले गर्ने कार्यक्रमहरुमा हामी व्यवसायिक रुपमा जोडिएका हौँ । र, बिग एफएमसँगको सहकार्य सँधै फलदायी भएको हामीले पाएका छौँ ।’ कार्यक्रममा उपस्थित उनीहरुले प्रतिक्रिया दिए ।
बिग एफएमका अध्यक्ष महेश भण्डारीले व्यवसायिक प्रतिष्ठानको यस्तै खाले सहयोग र स्रोताहरुको सहभागिताले एफएमले निरन्तर कार्यक्रमहरु गर्न सफल भएको बताए । त्यस्तै बिग एफएममा मार्केटिङ म्यानेजर कलम बराल, कार्यक्रम सँयोजक सन्जोग बस्याल लगाएतले बिग एफएमलाई माया गर्ने हरेकलाई यस्तै माया देखाईरहन आग्रह गरे ।
बिग एफएमले पछिल्लो समय आफ्नो ग्राण्ड इभेन्ट ‘बिग आइकन’को तयारीलाई तिव्र पारेको छ । यतिबेला उसले गायन प्रतिभाहरुका लागि निशुल्क आवेदन फाराम वितरण गरिरहेको छ । केहि समयमा नै सातौँ सँस्करणको बिग आइकनको अडिसन राउण्ड शुरु हुने एफएमले जनाएको छ ।
