कास्कीको पर्यटकीय गुरुङ गाउँ भिज्कु ङ्हथरको वृत्तचित्र तथा पर्यटकीय गीत “शीतसार” बजारमा

Share:

पोखरा, २६ मङसिर-
कास्की जिल्लाको पर्यटकीय गुरुङ गाउँ भिज्कु ङ्हथर (विजयपुर पाँचथर)को ऋतुकालीन वृत्तचित्र तथा पर्यटकीय गीत “शीतसार” बजारमा आएको छ ।

सो गाउँकोे वृत्तचित्र तथा गीतमा कृष्णकुमार तमुको रचना, सङ्गीत र निर्देशन, रजनी राईको गायन, धनबहादुर तमुको सङ्गीत संयोजनसहित विभिन्न कलाकारको प्रस्तुति रहेको छ भने सम्पादन सर्वज्ञमान शाक्यले गर्नुभएको छ ।

वृत्तचित्र तथा पर्यटकीय गीत निर्माण समितिका अध्यक्ष मानकाजी तमुले वृत्तचित्र तथा गीतले पर्यटकीय गाउँको चिनारीका साथै यहाँको सौन्दर्यलाई विश्व माझ उजागर गराउने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण समितिका सचिव कृष्णबहादुर तमुका अनुसार वृत्तचित्र तथा गीत निर्माणका लागि यस क्षेत्रका डिही, गैरी, पोखरी, खमगले र डाँडा गाउँका बासिन्दाबाट रु पाँच लाख ४९ हजार ३१३सङ्कलन भएकामा रु पाँच लाख ११ हजार ७४२ खर्च भई रु३७ हजार ५७१ बचत भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: