
पोखरा, २७ मंसिर-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य जारी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।
विमानस्थल सम्बन्धमा विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा आएका टिकाटिप्पणीका बारेमा नेपाल नागरिक उडड्यन प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको हो ।
आयोजनाले नेपाल सरकार र चीनको एक्जिम बैंकसँग भएको सम्झौता अनुसार नै विमानस्थलको काम भैरहेकाले कुनै शंका उपशंका नगर्न आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
