निर्वाचनको मिति तोक्नेबारे तीन दलका नेता सहमत

225
0
Share:

काठमाडौँ, २८ मङ्सिर-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान संविधान संशोधन, निर्वाचनलगायत विषयमा सकारात्मक छलफल भएको छ ।

उनीहरुबीच छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताए । उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने जनाए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
Share: