केही दिनभित्रै चुनावको मिति घोषणा – प्रधानमन्त्री

270
0
Share:

काठमाडौं, २८ मंसिर –

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने बताएका छन् । चुनावको मिति घोषणाको विषयमा प्रमुख दलका शीर्ष नेताहरुसँग आफूले निरन्तर छलफल गरिरहेको भन्दै उनले केही दिनभित्रै मिति घोषणा हुने बताएका हुन् ।

१३ औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा र संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्‍याउन सरकारले तीव्र ढंगले काम गरिरहेको दाबी गरे । उनले भूकम्पपीडितको घर निर्माणका लागि दिइने रकम पनि छिट्टै निकासा गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले ज्यापू संस्कृति विकास कोषको अक्षयकोषका लागि १५ लाख रुपैयाँ राज्यका तर्फबाट प्रदान गर्ने घोषणा गरे । उनले ज्यापू समुदायमा क्रियाशील विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार तथा सम्मानपत्र प्रदान समेत गरेका थिए ।

ज्यापू दिवसमा गरिएको कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट ज्यापू समुदायका सदस्यहरु परम्परागत भेषभूषा र बाजागाजा सहित काठमाडौंका बसन्तपुर पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: