नेपालमय बन्यो अष्ट्रेलियाको क्यानबेरा, कन्दरालाई दर्शकको उत्साहजनक साथ

Share:

मंसिर २९ गते-
अष्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेको चर्चित नेपाली ब्याण्ड कन्दराले राजधानी क्यानबेरामा बिशेष प्रस्तुती दिएको छ ।

गैरआवासीय नेपाली संघ क्यानबेरा कमिटिको आयोजनामा आइतबार क्यानबेरामा ‘कन्दरा म्युजिकल नाइट’ कार्यक्रममा कन्दराले आफ्ना चर्चित गीत प्रस्तुत गरेको हो ।

कन्दारसँगै चर्चित लोकगायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेले लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरेका थिए । उनीहरुले स्याङजालीलाई नभन जाली लगायतका चर्चित गीतहरु प्रस्तुत गरेका थिए । खुमनको पञ्चेवाजा गीतमा दर्शकहरु मस्त नाचेका थिए । स्थानीय बाल कलाकार आयुष्का खनियाँको प्रस्तुती पनि बेजोड थियो ।

कार्यक्रममा बेजोड प्रस्तुती गरेका कन्दरा समूहका लिडर बिवेक श्रेष्ठले नेपालीहरुको उपस्थीति र माया देखेर आफुहरु निकै प्रफुलित भएको बताए ।

झापामा बनिरहेको पाथिभरा श्रद्धाश्रमलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको एनआरएनए एसीटी क्वीनवीनका संयोजक युवराज खनियाँले बताए ।

कार्यक्रममा तीन सयभन्दा धेरै नेपालीहरुको सहभागिता रहेको थियो । क्यानबेरामा करिव १ हजार पाँच नेपालीहरुको बसोबास रहेको छ ।

बिगत एक महिनायता सांगीतिक यात्रामा अष्ट्रेलिया रहेको कन्दरा ब्याण्डले हालसम्म ब्रिसबेन, सिड्नी, एडेलड र क्यानबेरामा आफ्नो सफल प्रस्तुती दिइसकेको छ । आगामी साता मेलवर्नमा हुने नेपाल महोत्सवमा पनि कन्दराले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: