
पर्वत, २९ मंसिर-
धार्मिक तथा पर्यटकिय दृष्ट्रिकोणले महत्वपूर्ण हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप दिनानुदिन बढ्दै जान थालेपछि श्रीमुक्तिनाथ दर्शन यातायातसेवा प्रा.लि. मुस्ताङले बुधवार जोमसोम देखि पोखरा सिधा यातायातसेवा संन्चालनमा ल्याएको छ ।
यातायात सेवा प्रा.लि.ले बुधवार एक भब्य कार्यक्रम गरि जोमसोम/पोखरा नयाँ यातायात सेवा संन्चालन गरेको हो। प्रा.लि.को पहिलो सेवाको औपचारिक उद्घाटन गर्दे प्रमुख अतिथि पूर्व सभासद चन्द्र बहादुर गुरुङले धार्मिक तथा पर्यटकिय हिमालपारिको जिल्ला मुस्ताङमा नयाँ यात्रुसेवा बिस्तारले मुस्ताङ भ्रमणका लागि आउँने पर्यटकलाई थप राहत मिल्ने बताए ।उनले वर्षेनी मुस्ताङमा पर्यटकको चाप बढ्दो रहेकाले यात्रुलाई शहज यात्रा गर्ने पूर्वाधार नयासेवाले प्रदान गरेको बताए।
बेनी/जोमसोम देखि कोरलानाका शडक सञ्जाल बिस्तार भएपछि मुस्ताङ जिल्लामा असँख्य पर्यटकहरु ओईरिने भएकाले समय सापेक्ष प्रा.लि.को यो सेवा स्वागतयोग्य भएको उनको भनाई छ । त्यस्तै प्रा.लि. व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थकालीले जिल्लामा आउँने आन्तरिक तथा बाह्य पर्यटकहरु छिटो,छरितो सेवाबाट बन्चित हुनुपरेको र यात्रुहरुले चर्को मुल्यमा यात्रा गर्नुपर्ने बाध्यता रहिआएकाले प्रा.लि.ले सेवामुखी यात्रुसेवा प्रवाह गर्ने उद्धेश्य सहित सेवा सुचारु गरिएको बताए ।
उनले जोमसोम/पोखराका लागि चालक सहित १० सिट पास भएको ४० वटा टाटा सुमो गोल्ड संन्चालनमा ल्याईएको भन्दै थोरै यात्रु भए पुग्ने सुमो सेवाले यात्रुलाई भरपर्दो र आरामदायी सेवा दिलाउँने अध्यक्ष थकालीको भनाई छ ।
