अमेरिकी ईमेल ह्याक प्रकरण: विश्वकै शक्तिशाली ‘पुटिनको संलग्नता’ रहेको प्रतिवेदन सार्वजनिक

Share:

अमेरिका, ३० मङ्सिर-
अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ ।

कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिनुभएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ ।

टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको बताएका जनाएको थियो । अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेका पाइएको एनबीसीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: