गिरानचौर बस्तीपछि धुर्मुस सुन्तलीको नयाँ अभियान ! महोत्तरीमा बनाईंदिँदैछन् अर्को बस्ती

Share:

पुस ६ गते-
हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अब महोत्तरीमा पनि अर्को बस्ती निर्माण गरिदिने भएका छन् । उनीहरुले मुसहर समुदायका लागि महोत्तरीमा एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका हुन् ।
भूकम्प पीडितका लागि यसअघि दुईवटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरिसकेको उनीहरुको फाउण्डेशनले मुसहर बस्ती निर्माणमा सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ ।
पिछडिएको जातिमा पर्ने चरम गरिबीको चपेटामा रहेका मुसहरहरु दाउरा बेचेर जिविकोपार्जन गर्दै आएको देखेपछि उनीहरुले त्यहाँ बस्ती निर्माण गर्ने सोच बनाएका थिए ।
शीतलहर लागेका बेला महोत्तरीमा उनीहरुले गएको बर्ष न्यानो कपडा समेत वितरण गरेका थिए ।
बर्दिबास ३ का करिब ५० परिवार मुसहरलाई घर निर्माण गरिदिन लागेको अभियान्ता सीताराम कट्टेलले बताए ।
यो बस्ती निर्माणका लागि कुल ४ करोड ७८ लाख लाग्ने अनुमान गरिएको छ ।
गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार रुपैयाँसहित अन्य रकम संकलन गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: