
पोखरा, पुष ६। माधब पनेरु ।
सरकारी पहुँचका आधारमा नेपालमा गैरसरकारी सस्थाहरुले बिभिन्न प्राकृतिक स्रोत साधनहरुको प्रयोग र उपयोग गरेर सस्था चलाईरहेका छन ।
पछिल्लो समय एनजिओ प्रति अलि कडारुपमा प्रस्तु भएपनि नेपालमा केही बर्ष पहिलासम्म गैरसरकारी सस्थाहरुले महत्वपुर्ण र राष्ट्रिय गौरव बोकेका सम्पदाहरुको पनि दोहन गरिरहेका छन ।त्यसको एक उदाहरण हो नेपाल पर्बतारोहण संघ । हिमाल आरोहीहरुको हकहित र संरक्षणका लागि काम गर्ने भन्दै संघले नेपालका महत्वपुण ३३ वटा हिमाल आरोहणको रोयल्टी असुल्ने अनुमति पाएको छ । केही बर्ष अगाडी संघमा भएको भष्ट्राचारका कारण सरकारले रोयल्टी असुल्न बन्द गरिदिएको थियो । तर सर्बोच्च अदालतले अन्तरीम आदेश जारी गरेपछि अहिले संघले नै असुल्दै आईरहेको छ ।
संघमा ब्यबस्थापनको अभाव भएका कारण कतिपय भौतिक संरचना र्निमाणमा पनि प्रकृया नपुराई काम गरेको भन्दै आन्तरीक रुपमा बिबादीत बनेको छ ।
केही बर्ष अगाडी फ्रान्स सरकारले निर्माण गरिदिएको अन्तर्रा्ष्ट्रिय पर्व्तिय संग्राहलय पोखरा परिसरको कृतिम क्लाइम्विङ वाल प्रयोग नगरिकन जिर्ण वन्न पुगेको छ । अन्तराष्ट्रिय पर्वतीय संग्राहलय पोखराले उक्त वाललाई संचालन नै नगरिकन यति खेर अर्को क्लाइम्विङ वाल निर्माण गरेर नेपाल पर्वतारोहण संघको कोषको रकममा मनोमानी खर्च गर्दै गरेको प्रकरण फेला परेको छ।
मंसिर २५ र २६ गते आयोजित माउण्टेन फेस्टिभलका लागि वाल क्लाइम्विङ प्रतियोगिता गर्ने प्रयोजनका लागि निर्माण गरिएको क्लाइम्विङ वाल मनोमानी निर्माणको उदाहरण वन्न पुगेको छ।
करिव ३० लाख खर्च गरि निर्माण गरिएको कृतिम क्लाइम्विङ वाल निर्माणको प्रकृया नै नपु¥याई गरिएको पाइएको छ। हिमालहरुवाट संकलित सलामी दस्तुरवाट चल्ने पर्वतारोहण संघले पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्राहलय परिसरमा निर्मित भौतिक निर्माण कार्य नेपालको प्रचलित आर्थिक ऐन नियम विपरित भएको वुझिन आएको छ। करिब ३० लाख रुपैयामा निर्माण गरिएको क्लाइम्विङ वाल विना टेण्डर गरिएको पाइएपछि आर्थिक ऐन विपरित मनोमानी ढंगले काम भएको पाइएको हो।
यस अघि संग्राहलय परिसर मै ५–६ लाख को शौचालय वनाउँदा टेण्डरबाट भएको थियो तर अहिले निर्मित संरचनाको खर्च ३० लाख भएको छ तर पनि टेण्डर नै नगरि केहि व्यक्तिले अमानतमा कार्य गराइरहेको छन्। निर्माण स्थलमा भेटिएका नेपाल पर्वतारोहण संघका केन्द्रीय उपाध्यक्ष दिवस विक्रम शाहले सवै समानहरु नेपालमा नपाइने भएकोले संघले आफै समान किनेर अमानतामा काम लगाएको स्वीकार गरे। लागत इस्टमेट र खर्च सम्बन्धमा सराङकोटको जिज्ञाशामा शाहले भने अघिल्लो वर्षको इस्टमेट हो त्यसकै पेरिफेरिमा वाल वनाइयो। अन्तराष्ट्रिय पर्वतीय संग्राहलय पोखराका सदस्य शिव कुमार रञ्जितले आफूहरु स्वयमसेवकको रुपमा मात्र निर्माण कार्यको रेखदेख गरिरहेको बताए। उनले पनि यस अघिका साना तिना योजनाहरु आर्थिक ऐन नियमानुसार निर्माण गरिए पनि यो वाल निर्माण कार्य गरे अमानतमा गराइएको वताए। रञ्जितका अनुसार यसको निर्माण लागत २९ लाख रहेको छ।
अन्तराष्ट्रिय पर्वतीय संग्राहलयका कार्यालय प्रमुख वल प्रसाद राई लाई उक्त परिसरमा निर्मित क्लाइम्विङ वालका वारेमा सोध्दा यस विषयमा आफूलाई केही थाहा नहुने भन्दै अनभिज्ञता प्रकट गरे।
