
पाेखरा, १० पुस–
युवा संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मानसिक रोगीकाे संज्ञा दिएका छन् । उनले पाेखरास्थित विग एफएमकाे बहसमूलक कार्यक्रममै प्रचण्डलाइ यस्ताे अाराेप लगाएका हुन् ।
उनले एमाअाेवादीले संविधान संशाेधन प्रस्ताव ल्याएर गल्ती गरेकाे बताए । उनले याे संविधान संशाेधन पारित भएमा नेपाल अहिलेकाे अवस्थामा नरहने बताए । संविधान संशाेधनका बिषयमा अहिलेसम्म नेकपा एमालेले कसैसँग पनि समझदारी नगरेकाे दावी गरे ।
संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा संशाेधन प्रस्ताव ल्याइएकाे भन्दै उनले भारतलाइ रिझाउनका लागि माअाेवादी र नेकपा माअाेवादीले संशाेधन प्रस्ताव ल्याएकाे बताए । मधेशी माेर्चाकाे माग पूरा गराउनका लािग संशाेधन प्रस्ताव ल्याइएकाे भनिएपनि वास्तवमा याे प्रस्तावले माेर्चा नै सन्तुष्ट हुन नसकेकाे बताए ।
भिडियाेमा सुन्नुहाेस्, पहारीसँग पत्रकार माधव पनेरुले गरेकाे कुराकानी ।
