पोखरामा पुस अन्तिम साता ‘इक्यान शैक्षिक मेला’

Share:

पोखरा, १० पुस-
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा पुस अन्तिम साता ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ । शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोजनामा पुस २७ देखि २९ सम्म पोखरा सभागृहमा चौथो इक्यान शैक्षिक मेला आयोजना हुन लागेको हो ।
वैदेशिक अध्ययनका लागि जान चाहने पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागेको इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिए । तिवारीले भने– ‘वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरु र उनीहरुको अभिभावकलाई उचित परामर्श आवश्यक रहेकोले हामीले मेलाको आयोजना गरेका हौँ ।’ मेला अवधिभर पोखरा र पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावकहरुको सहभागिताउल्लेख्य रहने आयोजकको अपेक्षा छ ।
मेलामा शैक्षिक परामर्श दिने व्यवसायीहरु र रुस, डेनमार्क, भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, जर्मन, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनीलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने मेलाका प्रचारप्रसार संयोजक पुर्ण न्यौपानले जानकारी दिए ।
तीनदिने मेलामा विद्यार्थीहरुले देशी तथा विदेशी थुप्रै कलेज तथा विश्वको बारेमा परामर्श लिन सक्नेछन् । मेलामा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई विद्यार्थी भिसा प्रणाली, वित्तिय कागजात, र अन्य आवश्यकीय कागजपत्र लगायतका विषयमा विभिन्न विषयमा देशका कलेज तथा विश्वविद्यालयहरुको समग्र शैक्षिकस्थती र भर्ना प्रक्रियाको बारेमा जानकारी दिइने इक्यान कास्की सचिव भुवन क्षेत्रीले जानकारी दिए । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एसोसिएसन पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर छ ।
धेरै शैक्षिक परामर्श केन्द्रहरु एकै स्थानमा रहेर परामर्श दिने भएकोले विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक तथा राष्ट्रिय शिक्षाको बारेमा जानकारी लिन निकै सजिलो हुने आयोजकको भनाई छ । मेलामा ४५ वटा स्टल रहने छन् । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।

कमेन्ट गर्नुहोस्
Share: