
पोखरा, १२ पुस-
कश्यप मिडिया हाउस, कास्कीको आयोजनामा लोकदोहारीका फाँटमा उदीयमान कलाकार नवगायक राजन सुवेदीको ढुङ्गेनीमा लोकगीत सोमबार विमोचन गरेको छ । कार्यक्रममा एल्बम तथा सिडीको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान, जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष प्रेमराज अधिकारी, मदरल्यान्ड माविका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल र कश्यप मिडिया हाउसका प्रमुख गौरव त्रिपाठीले संयुक्त रूपमा विमोचन गरे ।
उनले पहिले दोहोरी गाउन घरबाट अनुमति नपाइने सामाजिक दृष्टिकोण थियो तर त्यसमा अहिले धेरै सुधार भएकाले लोक दोहोरी कला भएका कसैले पनि गाउन सक्ने र घरबाट अनुमति लिन पनि सजिलो छ । गीत सङ्गीत सबैले सुन्ने हुँदा त्यसमा पनि लोकगीत बुढेसकालको साथी बन्ने नेपाली समाज भएको बताए । कश्यप मिडिया हाउसका प्रमुख गौरव त्रिपाठीको साभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मदरल्यान्ड माविका निर्देशक त्रिभुवन शर्मा, गीतकार होमनाथ भट्टराई, गायक राजन सुवेदी लगायतले शुभकामन दिएका थिए ।
