
पोखरा, १२ पुस-
कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सहआयोजनामा आठौं संस्करणको ‘क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाद्वारा मंगलबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा फागुन ५ देखि ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने जानकारी दिईएको हो ।
इन्फोटेकमा सूचना, प्रविधि तथा संचार सम्बन्धी करिब १ सय १५ वटा स्टलहरु राखिनेछ । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने हाम्रो विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ । इन्फोटेकको तयारीका क्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाको संयोजकत्वमा २९ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
