
काठमाडौं, १३ पुस–
चर्चित घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि विभिन्न ठगीका आरोप लगाईएको छ । ओरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूपमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता गर्न नसकेपछि उनलाई ठगी मुद्दा लागेको थियो र ठगी मुद्धापछि उनी प्रहरीको फरार सूचिमा रहेका थिए ।
बस्नेतलाई प्रहरीले बस्नेतलाई काठमाडौंको धापासीबाट पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतलाई महाराजगञ्ज वृत्तमा राखिएको छ ।
टोखा नगरपालिकास्थित आफ्नै घरमा बसिरहेका बस्नेत प्रहरी आएको थाहा पाएपछि भाग्न खोजेका थिए । भाग्ने क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा बस्नेत आफै लडेर देब्रे हातमा चोट समेत लागेको छ ।
बस्नेतमाथि विभिन्न १४ वटा बैंकबाट १ अर्ब ६० करोड रूपैयाँ र सहकारी, व्यक्ति र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ ऋण चुक्ता नगरेको आरोप लागेको छ ।
