अब पृथ्वीका बसमा पोखरा नगरभित्र जहाँ यात्रा गरेपनि भाडा १० रुपैयाँ मात्र

Share:

पोखरा, १४ पोखरा-
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखरा नगरमा पनि बस सेवा सुरु गरेको छ ।
माइक्रो र मिनीबस गरी ५० वटा सार्वजनिक बसबाट बुधबार देखि पोखरा नगर क्षेत्रमा सेवा सुरु गरेको हो ।
समितिका महासचिव योगेन्द्रबहादुर केसीका अनुसार पहिलो चरणमा ५० वटा बस सञ्चालन गरिएपनि आवश्यकता अनुसार सेवा बिस्तार गरिनेछ ।
पोखराको छोरेपाटन–बगर–लामाचौर, हल्लनचोक–काहुँखोला, छोरेपाटन–महेन्द्रगुफा, महेन्द्रपुल–काहुँखोला, पोखरा–पुरञ्चौर–भुजुङखोला–जैमुरे, पोखरा–तारेभिर–निर्मलपोखरी–कृस्ती–भरतपोखरी लगायत पोखराका प्राय रुटमा सेवा सञ्चालन गरिएको केसीले जानकारी दिए ।
पृथ्वीका बसबाट पोखराका जुनसुकै ठाउँमा यात्रा गरेपनि १० रुपैयाँमात्र भाडा लिइनेछ । ‘नगरभित्र यात्रा गर्दा १० रुपैयाँमात्र भाडा दिन हामी सर्वसाधरण यात्रुसँग आग्रह गर्दछौं,’ केसीले भने । नगरबाट ग्रामीण क्षेत्रमा यात्रा गर्र्दा भने छुट्टै भाडादर निर्धारण गरिएको उनले बताए ।

पोखरा बस व्यवसायी समिति र विन्ध्यबासिनी बस व्यवसायी समितिले यस अगाडि पोखरामा नगर बस सञ्चालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: