
काठमाडौँ, १४ पुस-
सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि) बाट प्राप्त हुने रु दुई अर्ब १२ करोड स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
गत वर्षको भूकम्पले क्षति पु¥याएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको ड्याम साइट मर्मत सम्भारका लागि रु ६१ करोड १८ लाख विनियोजन गर्ने निर्णय बैठकले गरेको उहाँले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
