दुई अड्डामै अख्तियारले सुरु ग¥यो छानबिन

Share:

पोखरा, पुस १४ ,माधब पनेरु ।
पोखरा विश्वविद्यालयको सेवा आयोगको पछिल्लो आन्तरिक प्रतिस्पर्धामा प्रतिस्पर्धी उमेद्वारले नै परीक्षा सञ्चालन गरेको बिषयमा समाचार सार्बजनिक गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन सुरु गरेको छ ।
आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यलय पोखराले बिस्वबिद्यालयमा भएको अनियमितताको बारेमा बुझन अििख्तयारको एक टोली खटिएको स्रोतले जानकारी दियो । सेवा आयोगका एक कर्मचारी मुकुन्दराज लामिछानेले आन्तरिक प्रतिस्पर्धाको परीक्षा पनि सञ्चालन गरेपछि त्यसको नतिजाको विश्वशनियतामा प्रश्न चिन्ह उठेको थियो ।
लामिछाने सहित २१ जना प्रतिस्पर्धीहरु विभिन्न पदमा पदोन्नती भएका छन् । स्रोतका अनुसार लामिछाने नतिजा प्रकाशनमा मात्र होइन दरबन्दी स्वीकृती, विज्ञापन प्रकाशन, लिखित परीक्षा सञ्चालन, लिखित कापी जाँचका लागि परिक्षक नियुक्ती, अन्तर्वार्ता सञ्चालन तथा अन्तर्वार्ताका लागि विशेषज्ञ नियुक्ती प्रक्रियामा समेत प्रत्यक्ष संलग्न थिए । यसअघि पनि विभिन्न चरणका पदोन्नतीमा उनले आफ्नो बढुवाको परीक्षा आफैं सञ्चालन गर्दै आइरहेका छन् ।
अन्र्तराष्ट्रिय संग्राहलयमा पनि छानबिन सूरु
अख्तियार पश्चिमाञ्चल कार्यालयले पोखराको रातोपैहमा रहेको अन्र्तराष्ट्रिय पर्बतिय संग्राहलयमा भएको अनियमितताको बिषयमा पनि छानबिन सुरु गरेको छ ।
संग्राहलयमा र्निमाण गरिएको ३० लाख बराबरको क्लाईम्मिङ्ग वाल र्निमाणका क्रममा सार्बजनिक बोलकबोल नगरीकन अमानतमा र्निमाण गरिएको थियो । नेपालका बिभिन्न्न ३३ वटा हिमाल आरोहणको आरोही अनुमतिपत्र बितरणको जिम्मा पाएको नेपाल पर्वतारोहण संघ अन्र्तगत सञ्चालन गरिएको संग्राहलय मा बिभिन्न समयमा अनियमितता हुदै आएको समाचारहरु सार्बजनिक हुने गरेका छन । sangraliya
पोखरा रातोपैरामा रहेको संग्राहलय भ्रमण गर्दा नेपालीले ८० रुपैया तिनुपर्छ । महिनामा लाखौले संग्राहलयले भ्रमण गर्ने गर्दछन ।

कमेन्ट गर्नुहोस्
Share: