
पुस १७ गते-
नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखरा उपत्यकामा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोर जी सुरु गरेको छ ।
सेवा सुरु गरेको अवसरमा टेलिकमले आफ्ना पोष्टपेड ग्राहकलाई दैनिक एक जिबीका दरले ४ दिनसम्म निःशुल्क डाटा समेत प्रदान गरेको छ । यदी तपाईंको मोबाईल सेटमा फोर जी चल्छ भने तपाईंले यो सुविधा पाउनुहुनेछ । ‘फोर जी’ इन्टरनेट सेवा तत्कालका लागि पोष्ट पेड मोबाइलका प्रयोगकर्ताहरुले मात्रै प्रयोग गर्न पाउनेछन् ।
आफ्नो मोबाइलबाट स्टार ४४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार सिममा पनि फोर जी चल्ने वा नचल्ने थाहा पाउन सकिनेछ ।
केही बर्ष पहिले नै सिम लिईसकेको अवस्थामा उक्त सिममा फोर जी नचल्न पनि सक्छ र फोर जी नचलेको खण्डमा सिम परिवर्तन गर्नुपर्नेहुन्छ ।
स्टार ४४४ ह्यास डायल गर्दा चलाइरहेको सिममा फोर जी नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश प्राप्त गर्न सकिनेछ । र चल्ने भएका सेवा एक्टिभेट हुनेछ । सेवा एक्टिभेट गर्दा कुनै शुल्क भने लाग्दैन ।टेलिकमले अहिले थ्रिजीकै शुल्कमा फोर जी चलाउन सकिने जनाएको छ ।
यदी तपाईंले थ्रिजी अथवा टु जीको डाटा प्याकेज लिनुभएको छ भने पनि फोर जीकै स्पीडमा निरन्तर सोही प्याकेज प्रयोग गर्न सक्नुहुनेछ ।
