विग आइकन आलेले बेलायतमा गरे शर्मिला बर्देवाको म्यूजीक भिडियो विमोचन (भिडियाे सहित)

Share:

पुस १८ गते–
लण्डनको साँगीतिक भ्रमणमा रहेका विग आइकन साजन आलेले लन्डनवासी चर्चित गायिका शर्मिला बर्देवाको नयाँ म्यूजीक भिडियो सार्वजनिक गरेका छन् । लण्डनमा आयोजित एक कार्यक्रमबीच अँग्रेजी नयाँ बर्षमा दर्शक श्रोताका लागि नयाँ सांगीतिक उपहार लिएर आएकी गायिका शर्मिलाको म्यूजीक भिडियोको विग आइकन आलेले विमोचन गरेका हुन् ।
कोमल मल्लको शब्द रहेको गीतलाई किरण भण्डारीले कम्पोज एवं एरेन्ज गरेका हुन् भने बेलायतस्थित सञ्चारकर्मी कुशल श्रेष्ठले म्यूजीक भिडियोको निर्देशन गरेका छन् ।
विमोचन कार्यक्रममा बोल्दै गायिका बर्देवाले भनिन्ः “अग्रजहरुले नयाँ प्रतिभालाई अवसर र हौसला दिनुपर्छ । त्यही भएर नै विग आइकन साजन भाईको हातबाट यो गीत विमोचन गर्न लगाएकी हुँ ।”
म्यूजीक भिडियो विमोचन गर्दै विग आइकन आलेले नेपाली गीत संगीतलाई माया गर्न सम्पूर्ण प्रवासी नेपालीहरुलाई आग्रह गरे ।
विमोचन कार्यक्रममा के के मूभिज प्रोडक्सन यूकेका डिओपी श्रेष्ठले बेलायतमा सिमित श्रोत र साधनबाट भिडियो बनाउनुपर्ने बाध्यता सुनाउँदै आफूले सकेसम्म नयाँ प्रयोग गर्ने प्रयास गरेको बताए । उनले गायिका शर्मिला बर्देवालाई भिडियोमा नयाँ गेटअपमा उतारेको बताए ।
उनले बिकेस बस्नेतसहित प्रमिला केसीलाई पहिलोपटक भिडियोमा मोडलका रुपमा प्रस्तुत गरेका छन् ।
म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा बर्देवाले व्यस्तता बाबजुद श्रोतामाझ नयाँ गीतहरु पस्कने आफ्नो प्रयास निरन्तर रहने जनाइन् ।
बर्देवाले केही महिना अघिमात्र नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा मर्छन् हजार‘गीत युट्युबमार्फत सार्वजनिक गरेकी थिइन् ।
हेर्नुहोस्, उनको नयाँ म्यूजीक भिडियोः

कमेन्ट गर्नुहोस्
Share: