
काठमाडौं, २० पुस
‘सडक विस्तार पीडित’ हरुले गरेको काठमाडौं उपत्यका बन्दको प्रभाव आंशिक परेको छ ।
बिहानै प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेपछि अहिले सडकमा बन्दकर्ता देखिएका छैनन् । निजी तथा सार्बजनिक गाडीहरु निर्वाध चलिरहेका छन् । बजार तथा पसल पनि खुलेका छन् ।
सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा र भत्कने घरको क्षतिपूर्ति पाउनु पर्ने भन्दै सडक विस्तार पीडित संघर्ष समितिले आज उपत्यका बन्दको आहृवान गरेको हो ।
बन्दका बेला अप्रिय घटना नहोस् भनेर सादा पोशाकमा सयौं प्रहरी परिचालन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
