
पुस २१ गते-
बलिउडकी नम्बर वान नायिका दीपिका पादुकोण आज आफ्नो जन्मदिन मनाउँदैछिन् ।
धेरैलाई चासो हुनसक्छ उनी कति उमेरकी भईन् होला ? दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो । र उनी आजबाट ३१ बर्षमा प्रवेश गरेकी हुन् । चलचित्र ‘ओम शान्ती ओम’ बाट बलिउडमा प्रवेश गरेकी दिपीका बलिउडमा आउनु अगाडि मोडलिङ र ब्याडमिन्टमा व्यस्त थिइन् ।
उनले ‘चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर’, ‘ककटेल, ए जवानी हे दिवानी, रामलिला, पीकू, तमाशा, बाजिराओ मस्तानी’ लगायतका सफल चलचित्रका काम गरिसकेकी छिन् ।
दीपिकाले हलिउड चलचित्रमा समेत अभिनय गरेकी छिन् । – एजेन्सी
कमेन्ट गर्नुहोस्
