कास्कीको माछापुच्छे गाविसबाट अवैध हतियार सहित एक पक्राउ

Share:

पोखरा, २२ पुस–
कास्की प्रहरीले कास्कीको माछापुच्छे गाविसबाट एक जनालाई अवैध रुपमा राखेका बन्दुक सहित पक्राउ गरेको छ ।

माछापुच्छे गाविसको करुवामा बस्ने ५७ वर्षिय होमबहादुर मगरलाई पक्राउ गरेको हो । प्रहरीले अवैध रुपमा हतियार लुकाई राखेको सुचनाका आधारमा घर खानतालसी गर्दा दुई नाले बाहाबोर बन्दुक फेला पारेको हो ।

प्रहरीले मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: