
पोखरा, १ माघ-
पोखरा उपमहानगरपालिकाले विभिन्न योजनालाई पुरा गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७४/०७५ लागी १ अर्व २८ करोड ५५ लाख ९५ हजारको बजेट सार्वजनीक गरेको छ । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङगानाले २१ औं नगरपरिषदबाट पारित बजेट सार्वजनीक गदै समग्र पोखराको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अगाडी बढाउदै तर्जुमा भएका योजाहरुलाई प्रभावकारी र बैज्ञानिक कार्यान्वयन गर्न सवैको सहयोग मिल्ने विश्वास ब्यक्त गदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा बजेट सार्वजनिक गरे ।
विनियोजित बजेट अन्तर्गत पुर्वाधार तथा संरचना विकास तर्फ रु. ५६ करोड छुट्टाईएको छ । जनसंख्या तथा समाजिका विकास तर्फ ३७ करोड १६ लाख, कृषि तथा बन बातावरण तर्फ ९ करोड ९५ लाख ५५ हजार, भूमि तथा जलस्रोत तर्फ ३ करोड २२ लाख ९६ हजार, प्रशासन तथा संगठन तर्फ २२ करोड २१ लाख ४४ हजार छुट्टाईएको जानकारी दिए । चालु आर्थिक वर्षको भन्दा २०७४/७५को बजेट ४७.१२ प्रतिशत बढि रहेको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०७४/७५ मा स्थानिय करबाट रु १७ करोड ३२ लाख, सेवा शुल्कबाट रु ५ करोड ४० लाख ३५ हजार, दस्तुरबाट रु १५ करोड ५० लाख र अन्य आयबाट रु २४ करोड ४३ लाख ६० हजार गरि आन्तरीक आम्दानी रु ६२ करोड ६५ लाख ९५ हजार अनुमान गरिएको छ ।
जुन गत वर्षको तुलनामा ३२.१६ प्रतिशतले बढि हो । बाहय आय तर्फ ६५ करोड ९० लाख अनुमान गरिएको कार्यकारी अधिकृत ढुङगानाले बताए । आन्तरीक आम्दानी गत वर्षको तुलनामा ३२ दशमलव एक ५ प्रतिशतले बढी छ । वडास्तरीय योजना तर्जुमा गोष्ठीबाट माग भई आएका योजनाहरुको प्राथमिकीकरण गरी एउटा वडामा कम्तीमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म पर्ने गरी वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको लागि २४ करोड ५६ लाख प्रस्ताव गरिएको उनले बताए ।
