
पोखरा , माघ ४ ।
नेकपा माओबादीको सातौ कास्की जिल्ला सम्मेलन सुरु भएको छ ।
फागुन १ गते राष्ट्रिय महाधिबेशनको तयारीमा रहेको माओबादीले सबै जिल्लाहरुको जिल्ला सम्मेलन गरिरहेको छ । सम्मेलनको नेकपा माओबादीका स्थाई समिति सदस्य धमेन्द्र बास्तोलाले उदघाटन गरे । दुई दिन सम्म चल्ने सम्मेलनमा करिव ५०० जना प्रतिनिधिहरुको सहभागिता रहेको माओबादी कास्कीले जनाएको छ । सम्मेलनको उदघाटन गर्दे माओबादी स्थाई समिति सदस्य बास्तोलाले नेपालमा दुबै सेना बिजयी नभएको यथार्थ भएको बताए । बिस्व ईतिहासमा जनता र समान्तको सेना बिचको लडाईमा जनताको सेनाले बिजय हासिल गर्र्न नपाउदै स्थगन भएकोे तितो ईतिहास नेपालमा मात्र भएको उनको भनाई थियो । हामिले प्रगतिशिल परिबर्तनका लागि अघि सारेका ऐजेण्डाका लागि युद्ध रोकेका मात्र थियौ , तर प्रचण्डहरुले युद्ध समाप्त भएको घोषणा गरिदिएका कारण अहिलेको अबस्था आएको बास्तोलाको दावि गरे । हामि अब परम्परागत हिसावले बन्दुक बोकेर क्रान्ति गर्ने होईन, बन्दुक र बिचारको संयोजन तथा बैकल्पीक शक्ति र्निमाण गरेर एकिकृत जनक्रान्तिको मोडेलमा नेपालको बाँकी कार्यभार पुरा गर्ने हो , उनले भने । अहिले दुबै सेनाको बिर्सजन पछि नेपालमा दलाल पुँजिबादको जन्म भएको बास्तोलाले जिकिर गरे । अब दलालका बिरुद्ध माओबादीले संगठित संघर्ष चलाउने उनले उदघोष गरे ।

उदघाटन कार्यक्रममा नेकपा माआबादीका केन्दीय सदस्य साबित्रा दुराले माओबादीले राष्ट्रियतको आन्दोलन उठाएको बताईन । लिपुलेक तथा अपर कर्णाली जोगाउने नेपालकको राजनितिक दल भनेको माओबादी मात्र भएको उनले स्पष्ट पारीन । अहिले केही दलले खोक्रोे राष्ट्रबाद देखाएपनि ईतिहासमा उनिहरुको चर्तिकला नेपाली जनताले नबिर्सेको उनको भनाई थियो । मौसमी राष्ट्रबाद र नेपाली क्रान्ति सम्पन्न भएको देख्ने दुृष्टीबिहिन पार्टीको पछि नलाग्न उनले सबैलाई आग्रह गरिन । माओबादीले बन्दुक बोकेर युद्ध लड्छ भन्नेहरुले दिमागलाई प्रयोग गरेर प्रबिधिको उच्चतम प्रयोगबाट एकिकृत क्रान्ति गर्छ भन्ने बुझ्न दुराको आग्रह थियो । कार्यक्रममा नेकपा माओबादीका तनहुँ जिल्ला सेक्रेटरी रुपेश, स्याङ्गजा जिल्ला सेक्रेटरी आक्रोश, गोरखा जिल्ला सेक्रेटरी योगेन्द्र कुमाल लगायतले बोलेका थिए । सम्मेलनले कास्कीमा नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलन सुरु हुनु अघि पोखरा चिप्लेढुगांबाट रयाली सहित नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।
