
पोखरा १४ माघ-
पोखरामा अाजदेखि अन्तर्राष्ट्रिय साहित्य सम्मेलन छैँठौँ नेपाल लिटरेचर फेस्टिभल २०१७ (नेपाल साहित्य महोत्सव २०७३) सुरू भएकाे छ । माघ १७ सम्म पार्दीको नेपाल पर्यटन बोर्डको प्रांगणमा महोत्सवमा ४० वटा सत्रमा लगभग १०० जना वक्ता, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले विभिन्न विषयमा छलफल गर्नेछन् ।
२०११ देखि महोत्सवले विभिन्न विधा र विषयहरुमा छलफल र अन्र्तक्रियाका लागि मञ्च प्रदान गर्दै आएको छ । यो वर्ष पनि फेवातालको किनारका दुई कार्यक्रम स्थलमा चार दिनसम्म समसामयिक मुद्दाहरुमा विचार विमर्श हुनेछ । यस वर्षको प्रतिक्षित सत्रमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष प्रहसन रहनेछ । महोत्सवमा नै यो दर्शकहरुका लागि नयाँ स्वाद र प्रयोग हुनेछ ।
यस वर्षको महोत्सवमा तीन अन्र्तराष्ट्रिय लेखक – लोकप्रिय युवा लेखक दुर्जोय दत्त, समाजशास्त्री र इतिहासकार रामचन्द्र गुहा, तथा हिन्दी भाषामा लेखेर ख्याति कमाएका आख्यानकार उदय प्रकाश – रहनेछन् । यसका साथसाथै भुटानी पत्रकार नाम्गे जाम कार्यक्रममा सम्मिलित हुनुहुनेछ । यसका अतिरिक्त बिहानको ११ बजे देखि बेलुकी ६ बजे सम्म दर्शकहरु कला प्रदशर्नी, पुस्तक हस्ताक्षर, कविता र गजलका सत्रहरु, पुस्तकमा छुट रसाङ्गितिक प्रस्तुतिमा रमाउन सकिने सहआयोजक र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले बताए । यस वर्ष देखि महोत्सवको समय प्रत्येक दिन एक घण्टा थपिएको छ । यसैगरी महोत्सवको विशेष आकर्षणमा साहित्यिक विशेषांक“हर्पन” पर्ने उनले बताए । महोत्सवकका सहभागी, जानकारी, अन्तर्वार्ता र लेख समेटिएको यो पत्रिका निःशुल्क वितरण गरिनेछ ।
निर्देशक अजित बरालले यो चार दिनको चाडका माध्यमबाट हामीले पोखराको साहित्यिक शहरको चिनारीलाई थप उजागर गर्न र पर्यटनमा सहयाेग पुर्याउन पनि खोजिएकाे बताए । महोत्सवका सत्रहरु यसको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रशारण हुनेछन् ।
हेर्नुहाेस्, कार्यक्रमकाे लाइभ प्रसारणः
