
रेम बिक
पोखरा, १६ माघ-
सातौँ सँस्करणको बिग आइकनको पहिलो चरणको अडिसन अन्तरगत दोस्रो दिन ४४ जना गायन प्रतिभाहरुले अघिल्लो चरणमा प्रवेश पाएका छन् । आइतबार दिनभरि चलेको अडिसनमा थुप्रैं प्रतिभाहरुले सहभागिता जनाएका थिए ।
अडिसनको पहिलो दिन ६३ जनाले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ प्राप्त गरेका थिए । सातौँ सँस्करणको बिग आइकन अन्तरगत पहिलो चरणको अडिसन अझै दुई दिनसम्म चल्ने आयोजक बिग एफएमले जनाएको छ । यो पटक पहिलो चरणको अडिसनमा ५४ जिल्लाका ११ सय ५२ जना गायन प्रतिभाहरुले सहभागिता जनाउँदैछन् ।
यो पटक प्रतियोगितामा निकै कम उमेरका बालबालिकादेखि ६० वर्षे वृद्धसम्मले सहभागिता जनाएका छन् । स्कुल, कलेजमा अध्ययन गर्ने बिद्यार्थीसँगै गृहणी, मजदुर, र केहि परिचित अनुहार पनि अडिसनमा सहभागी भएका छन् । अघिल्ला वर्षको तुलनामा यो पटक बिग आइकनको सहभागिता निकै धेरै भएको आयोजक बिग एफएमले जनाएको छ ।
‘पहिलो चरणको अडिसन भएकाले मिश्रित खालका प्रतिभाहरुले सहभागिता जनाईरहेका छन् ।’ निर्णायक मध्येका एक विवेक श्रेष्ठले भने–‘यद्यपी निर्णायकको हिसाबले हामीले शुरुवाती चरणबाटै निकै संभावना भएकाहरुलाई मात्र छनौट गरेका छौँ ।’ केहि प्रतिभाहरु भने निकै खारिएर आएको उनले प्रतिक्रिया दिए ।
निर्णायकमा बिवेकसँगै गायक श्यामसुङ तामाङ र संगीतकार सुनील थापा रहेका छन् । यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
