
पोखरा, १७ माघ-
कास्की कारागारमा रहेका कैदी तथा थुनुवाहरुले संसदको सामाजीक न्याय तथा मानव अधिकार समितिसँग १६ बुदे माग राखेको छ । संसदको सामाजीक न्याय तथा मानव अधिकार समितिले कास्कीको कारागारमा सोमबार अनुगमनका गर्दा १६ बुदे माग राखेको हो ।
कैदी तथा बन्दीहरुले सिधा जम्मा दैनिक ४५ रुपैया र ७ सय ग्रामचामल अपुग भएको, औषधी पर्याप्त, खानेपानी तथा सरसफाईको उचित व्यवस्थापन, सिप विकास, आर्यआर्जनका कार्यक्रकम लगायतका माग राखेका छन् । उनिहरुले शैक्षिक विकासका लागि कक्षा १ देखि १० सम्म विद्यालय सञ्चालन गर्नुपर्ने, दिर्घरोगी र निरोगी बन्दीहरुलाई छुट्टा छुटै राख्नुपर्ने, असल चाल चालन भएका बन्दीलाई माफी दिदा विभेद गर्न नहुने लगायतका माग गरेका छन् ।
संसदको सामाजीक न्याय तथा मानव अधिकार समितिका सभापति सुशिलकुमार श्रेष्ठलाई कास्की कारागारका बल्क २ का नाइके लक्ष्मण गुरुङले माग राखेका थिए । समितिका सभापति श्रेष्ठले समितिले काठमाडौंमा अनुगमन र छलफल गरेपछि काठमाडौं बाहिर छलफलका लागि निस्केको बताए ।
उनले सरकारलाई समितिले दिएका अन्य सुझाव पनि कार्यान्वयन नभएको पाएको बताए । उनले सबै समस्याहरु प्रतिबेदमा समेटर सरकारलाई नयाँ नियम र कानुन बनाउन समेत समितिले काम गर्ने भनाई थियो । समितिमा रहेका सदस्य सहित अनुगमनमा आएका थिए ।
कास्की कारागारमा तीन वटा व्लकमा ७ सय ४१ जना कैदी तथा थुुनुवा रहेको कास्की कारागारका जेलर हरी प्रसाद गौतमले जानकारी दिए । उनले कारागारमा महिलाका लागि २० र पुरुषका लागि ८० जनाको क्षेमताको भए पनि हाल करिब ८ गणु बढि कैदी तथा थुनुवा भएको जानकारी दिए । उनले कास्की कारागारमा थुनुवा महिला ९, कैदी महिला ४३ गरि ५२ जना, थुनुवा पुरुष १ सय १७ र कैदी पुरुष ५ सय ७१ गरि ६ सय ८८ जना रहको जानकारी दिए ।
उनले ५ जना थुनुवा र २१ जना कैदी गरि २६ जना विदेशीहरु जेलमा रहेको बताए । बाबु र आमा दुवै जेल परेका कारण साढे २ वर्षका नाबालक पनि जेलमा रहेको उनको भनाई छ ।
