
लेखनाथ २१, कास्की-
माघ २७ देखि संचालन हुने १३ औं लेखनाथ लेखनाथ महोत्सवको समुद्घाटनमा झाँकी ¥याली प्रदर्शन गरिने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष लेखनाथमा रहेका विभिन्न जात जाती, संघ संस्था, टोल विकास संस्था, आमा तथा महिला समुहहरुले आ आफ्नो भेषभुषा झल्कने गरि सास्कृतिक ¥याली निकालिने भएको हो ।
¥यालीमा सहभागिहरुलाई प्रोत्सान स्वरुप प्रथम रु १० हजार, दोस्रोलाई सात हजार, तृतियलाई पाँच हजार र सान्त्वना चार समुहलाई दुई दूई हजार प्रमाण पत्र र मायाँको चिनो प्रदान गरिने भएको छ ।
लेखनाथ महोत्सव अन्तरगत गठित झाँकी ¥याली प्रदर्शन उपसमितिका सयोजक ज्ञानेन्द्र वजगाईको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, निवर्तमान अध्यक्ष वावुराम गिरी, द्धितीय उपाध्यक्ष वलराम ढकाल, महासचिव छत्रधर आत्रेय लगायतले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउदै महोत्सवलाई सफल पार्नका लागि सवै जातजाती तथा वर्गलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस लेखनाथ नगर सचिव धुर्वराज अधिकारी, शिवराज अधिकारी, नेकपा एमाले लेखनाथ नगर सहसंयोजक मोहन गुरुङ, नेकपा माओवादी केन्द्रका लेखनाथ नगर अध्यक्ष शिवजी लामिछाने, अखण्ड पाटीका लेखनाथ नगर अध्यक्ष मोती गिरी, नेकपा माओवादी क्रान्तीकारीका नगर ईन्चार्ज दुर्गादत्त अधिकारी, लेखनाथ नगरमा रहेका विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न जात जाती धर्मका अध्यक्ष तथा प्रतिनिधीले महोत्सवलाई सफल पार्नका लागि आ आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्ने प्रतिवद्र्धता जनाएका थिए ।
