पृथ्वी राजमार्गको वार्षिकोत्सवको पूर्व सन्ध्यामा बृहत सरसफाइ

Share:

पोखरा, २३ माघ-
पृथ्वी राजमार्ग बस सञ्चालक समितीले आफ्नो ४५ औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको पूर्व सन्ध्यामा पोखराको जिरो किलो मिटरदेखि चाइनापुल सम्म बृहत सरसफाइ गरेको समितीका महासचिव योगेन्द्र बहादुर केसीले जानकारी दिए ।

सरसफाइ कार्यक्रममा समितीका पदाधिकारी, समितीका कर्मचारी तथा स्थानियबासीहरुको ब्यापक सहभागीता रहेको थियो । सरसफाइ कार्यक्रममा जिरो किमी देखि चाइना पुल सम्मको सडकको दाया बांया किनार सफाइ गर्नुका साथै पानी जम्ने ठाउहरुमा चुना छरिएको थियो । सरसफाइ कार्यक्रममा २ ट्रक फोहोर संकलन गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा यसअघि कास्कीको घाचोकमा बृहत निशुल्क स्वास्थ्य शिविर, स्याङजा, लम्जुङ र पोखराको पृथ्वीचोकमा खुल्ला रक्तदान गर्नुका साथै बृद्धाश्रमका बृद्ध बृद्धाहरुलाई सहयोग गरिसकेको समितीका महासचिव केसीले जानकारी दिए ।

४५ औ वार्षिकोत्सवको अवसरमा सोमबार विहान गण्डकी अस्पतालमा कुर्ची हस्तान्तरण गरि दिउसो पोखराको जिरो किमीमा रहेको न्यु एरा पार्टी प्यालेसमा विधिवत कार्यक्रमको आयोजना गरी असल चालक, असल सहचालक, पत्रकार, सवारी धनी तथा सवारी चालकका प्रवेशिका परीक्षा उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको समितीका अध्यक्ष एन कुमार शाहीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: