ठूलो मात्रामा विभिन्न अवैध लागुऔषध सहित चार जना पक्राउ

Share:

पोखरा, २५ माघ-
ठूलो मात्रामा विभिन्न अवैध लागुऔषध सहित पोखराको लेकसाइडबाट चार जना पक्राउ परेका छन् ।

नवलपरासीको सुनवल नगरपालिका ४ रमवापुरका २३ वर्षका रमेश केसी, पोखरा ९ नयाँबजारका २८ वर्षिय चिना गुरुङ्ग, २४ वर्षिय निश्चल श्रेष्ठ, र लेखनाथ १३ गगनगौडाका २२ वर्षिय एलेन पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ सय २५ थान विभिन्न लागुऔषध बरामद गरिएको छ ।

उनीहरुले अवैध लागुऔषध खरिद गरि ल्याई पोखराका विभिन्न स्थानहरुमा ओसारपोसार र बिक्रि वितरण गर्दछ्न् भन्ने विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ सय ७५ थान नर्फिन, सोहि मात्रामा डाइजापाम र फेनारगन बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई आश्वयक कार्बाहीका लागि जिल्ला प्रहरी कार्याल्य कास्की पठाइएको लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: