होटल तथा रेष्टुरेण्टले मजदूरका नाममा लिने १० प्रतिशत सेवा शुल्क किन पाउँदैनन् मजदूरले ?

Share:

पोखरा, २५ माघ-

पोखरामा पर्यटन होटल सम्बद्ध जिल्ला संयुक्त संघर्ष समिति कास्कीले आज एक कार्यक्रमको आयोजना गरेर १० प्रतिशत सेवा शुल्क सतप्रतिशत मजदुरले पाउनु पर्ने माग गरेको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सेवाको गुणस्त बृद्धि गरेर कामदार र कर्मचारीको जिवन यापन सहज बनाउन पनि सतप्रतिशत सेवा दिनु पर्ने बताएका छन् । मजदुर नेताहरुले अन्तराष्ट्रि मापदण्ड अनुसार सेवा शुल्क मजदुरको अधिकार हुने भनेका छन् । यस्तै प्रतिष्ठानको लेखा प्रणाली पारदर्शी बनाई कर छली गर्ने ब्यबसायी लाई नियमन गर्न पनि सेवा शुल्क सतप्रतिशत मजदुरले पाउनु पर्ने उनिहरुको माग रहेको छ ।

पोखराको फेवा रिर्साेटमा भएको संयुक्त कार्यक्रममा अखिल नेपाल होटल क्यासीनो रेष्टुरेन्ट मजदुर संघ, नेपाल स्वतन्त्र होटेल मजदुर युनियन र नेपाल पर्यटन होटल क्यासीनो रेष्टुरेन्ट श्रमिक संघमा आबद्ध मजदुरहरुको उलेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल टे«ड युनियन महासंघ ४ नम्बर प्रदेशका अध्यक्ष रुद् गौतमले मजदुरले सतप्रतिशत सेवा नपाउने बेला सम्म आन्दोलन नरोकीने बताउनु भयो । मजदुरका तिनै घटक एक भएकोले आन्दोलन छिट्टै सफल हुनेमा विश्वसत रहन मजदुरहरु लाई आग्रह गर्नुभयो । अखिल नेपाल होटल क्यासीनो तथा रेष्टुरेन्ट मजदुर संघ बरिष्ठ उपाध्यक्ष कुमार पन्तले जस्तो सुक्कै परिस्थिति आए पनि आन्दोलन नरोकीने बताउनु भयो । नेपाल पर्यटन होटल क्यासीनो रेष्टुरेन्ट श्रमिक संघका केन्द्रीय उपमहासचिव महेश राज जोशी, नेपाल स्वतन्त्र होटेल मजदुर युनियन केन्द्रीय महासचिव दिपक सापकोटा, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रंीय सचिव पदम राज जोशी , अखिल नेपाल टे«ड युनियनका केन्द्रीय सचिव राजेन्द्र न्यौपाने, जिफन्टका प्रदेश नं ४का आर्थिक विभाग प्रमुख रुद्र खत्री, टे«ड युनियन काग्रेसका जिल्ला सचिव केशव भट्टराई , अखिल नेपाल टे«ड युनियन महासंघका जिल्ला अध्यक्ष नविन अधिकारी ,सचिव गुणराज बास्तोला लगायतले मजदुरहरुले सतप्रतिशत सेवा शुल्क पाउनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा मजदुर नेताहरु विजय थापा, रमेश घिमिरे,इन्द्र ओली,कर्णसिङ गुरुङ,छवि गिरी,हरिकला लामिछाने लगायतका मजदुर नेताहरुको आतिथ्यता रहेको कार्यक्रम नेपाल स्वतन्त्र मजदुर युनियनका मनहोहन भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत नेपाल पर्यटन होटल क्यासीनो रेष्टुरेन्ट श्रमिक संघका जगत आचार्यले सवागत मन्तब्य राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: