
काठमाडौं, २५ माघ-
भारतका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको पदक नयाँदिल्लीस्थित आफ्नै घरबाट चोरी भएको छ ।
बालश्रम र बालबेचविखन विरुद्ध सक्रिय सत्यार्थीलाई पाकिस्तानकी मलाला युसुफजाईसँग संयुक्त रुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
सत्यार्थीले मंगलबार बिहान पदकसँगै नोबेल पुरस्कारको प्रमाणपत्र पनि चोरिएको जानकारी दिएका हुन् । प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
