पोखराको पिएन क्याम्पसमा ओली र नेपाल पक्षका विद्यार्थीबीच झडप, आठजना घाईते, उपचार हुँदै

Share:

पोखरा, २७ माघ-
पोखराको पृथ्वीनाराण क्याम्पस (पिएन क्याम्पस) मा एमाले निकट विद्यार्थीबीच आज बिहान झडप भएको छ । झडपमा परी केपि ओली र माधव नेपाल पक्षका गरी ८ जना घार्इते भएका छन् ।

घार्इतेहरुको पोखराको मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते हुनेहरुमा केपि ओली पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन रहेका छन् ।

यस्तै, माधव नेपाल पक्षका विनय राना, दिनेश ढुङगाना, विमल पौडेल, बज्रराज अधिकारी रहेका छन् । हिजो बुधबार विद्यार्थीबीच भएको विवादको बिषयमा छलफलका लागि आज बिहान छलफल थियो । छलफलकै क्रममा विवाद हँदा हानाहान भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: