
लेखनाथ, २८ माघ-
साझा पर्न लागेको थियो पश्चिम पठ्ठि घाँम केही ढल्केको थियो स्टेज चर्नका लागि बरिष्ठ उद्घोष नेत्रपाणि बास्तोललाले चर्चित पप गायक राजेश पायल राईको नाम उच्चारण के गरेका थिए दर्शकहरु मञ्चको वरपर झुम्मिन थाले ।
यो दृश्य हो लेखनाथ महोत्सवको दोस्रो दिनको,जव राजेश पायलको कण्ठबाट स्वर सुनियो उपस्थित दर्शकले हुटिङ गरेर ताली बजाएर स्वागत गर्न थाले उनले तिमी सगै जिउने र मर्ने चाहान छ मेरो….को गीत के गायका थिए उपस्थित युवा युवातीको भिड नाचमा परिणत भयो र रमाउन थाले ।
लगातार सात वजे सम्म राजेश पायलले तताएको स्टेजमा वेला बेलामा संगितकार बशन्त सापकोटाले पनि साथ दिए भने विच बिचमा मोडल रिता भटराईको नृत्य देखेर उपस्थित युवा दर्शकहरु हौसियर नाच्न थाले ।
समग्र पोखरा उपत्यकाको आर्थीक तथा समाजिक विकासमा सहयोग पु¥याउने उदेस्यले राखिएको लेखनाथ महोत्सवको दोश्रो दिन दर्शकहरुको सहभागिता पनि उल्लेखिए रुपमा देखिन्यो भने महोत्सवमा राखिएका व्यापारीक स्टलमा पनि दर्शकहरु आफुलाई आवस्यक पर्ने मालसमान किन्न ब्यस्त देखिन्थे ।
महोत्सवमा दर्शकको मनोरन्जनका लागि राष्ट्रिय ख्यातिप्राप्त लोक गायक, दोहोरी गायक र हास्य कलाकारहरुको प्रस्तुती रहेको थियो।महोत्सवमा स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु आम उपभोक्ताका विच पुर्याई व्यवसाय विस्तार एवं प्रवद्र्धनमा टेवा पुर्याउने, घरेलु एवं नयां प्रविधि तथा सिपको प्रदर्शनीद्धारा हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवद्र्धन गर्ने, साहित्य, कला र संस्कृतिको प्रचार प्रसार तथा बजारीकरण एवं दर्शकहरुको मनोरञ्जनका लागि विभिन्न कार्यक्रमहरुको संचालन भईरहेका छन् ।
यसै विच महोत्सवको दोस्रो दिन सुक्रवार दोहोरी तर्फ राजु गुरुङ,धनश्याम रिजाल,रमिला न्यौपाने, ढाकाराम पौडेल,शन्तोष दवाडी,दिलु लामा र जौमायाँ हिताङको प्रस्तुती रहेको थियो भने महोत्सवको तेस्रो दिन सनिवार दोहोरी तर्फ मिलन लामा,राजन कार्की, प्रेमराज अधिकरी,अनिल कुमर ढकाल,भुमिक गिरी,कला पंगेनी र मञ्जु विक रहने छन् भने हास्य तर्फ रमेश दुलालको हास्य प्रहसन साथै पप तर्फ ईन्दिरा जोसीको प्रस्तुतीको साथमा मोडल डान्स हुने प्रचार प्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।
“ महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि “ भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा स्थानीय सामाजिक संघ सस्थाको सहकार्यमा शुरु भएको महोत्सव फागुन ८ गतेसम्म संचालन हुने छ ।
