सातौं विग आइकनमा आजदेखि ‘गितानो’ राउण्ड सुरु हुँदै, प्रतियोगीले गितार र पियानोमा गाउनुपर्ने

Share:

माघ २९ गते-
सातौं बिग आईकनको छैठौं चरण अन्तर्गत आजदेखि ‘गितानो’ राउण्ड सुरु हुँदैछ । छैठौं चरणको अडिसनमा कुल ३० जना प्रतियोगी यसअघिका विभिन्न चरण पार गर्दै आइपुगेका छन् ।

आजदेखि प्रतियोगीहरुले गितार र पियानोमा गीत गाउनुपर्ने आयोजक संस्था विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।

प्रतिष्पर्धीले आफूले चाहेको गीतमा संगीतको सुरमा गाउनुपर्नेछ । यसअघि प्रतियोगीहरुले संगीत विना आफ्नो आवाज मात्रै प्रस्तुत गर्दै आएका थिए । आज पाँच जना बाहिरिने र टप २५ छनौट हुनेछन् ।

यो सिजनमा कुल ५४ जिल्लाका ११ सय ५२ जना प्रतियोगी बिग आईकन बन्ने लक्ष्यका साथ प्रतिष्पर्धामा उत्रिएकोमा पाँचौ राउण्ड सकिँदा ३० जना मात्रै बाँकी छन् । यसअघि पाँचौ चरणको अडिसनमा ३९ जना प्रतियोगीहरु छनौट भएकोमा बिहीबार नौ जना बाहिरिएका थिए ।

यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ ।

त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: