प्रेस युनियनको अवरोधले पत्रकार महासंघ कास्कीमा अधिवेशन सुरु हुन सकेन

Share:

पोखरा, ३ फागुन-
नेपाल प्रेस युनियनको अबरोधले नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन सुरु हुन सकेको छैन । मंगलवार हुने १० औं अधिवेशन स्थगित गर्न माग गर्दै युनियनले अबरोध गरेपछि विहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम अन्योलमा परेको छ ।

युनियन केन्द्र र कास्कीले विज्ञप्ती जारी गर्दै अधिवेशन स्थगित नगरे ताला लगाउने चेतावनी दिएको थियो । महासंघ कास्कीको गेटमा युनियनले प्रेस विज्ञप्ती टासेर अधिवेशन स्थगित गराउन दवाव दिएको छ ।

युनियनले महासंघको कार्यालय प्रवेशमा समेत रोक लगाएको छ । अधिवेशन सञ्चालन गर्ने सम्बन्धमा छलफल चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: