
पोखरा, ३ फागुन–
प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले शुरु गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ को उत्कृष्ट जोडी आज छानिँदैछन् ।
अहिले विग एफएममा लाईभ कार्यक्रममार्फत् दक्षिण एशियाकै उत्कृष्ट युवा ज्योतिष हरिहर अधिकारीले उत्कृष्ट जोडी छान्दैछन् । कार्यक्रम अहिले पनि जारी छ ।
हरेक दिन छानिएका उत्कृष्ट १० जोडीमध्येबाट आज एकजना सर्वोत्कृष्ट जोडी छानिन लागेका हुन् । युवा ज्योतिष हरिहर अधिकारीले उत्कृष्ट जोडीहरुमध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडीलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् ।
यसअघि छानिएका १० जोडीहरुमा सन्तोष भुजेल र वविता भुजेल, जापान र नानुको जोडी, सविना र निश्चलको जोडी, सुरेश र निरुको जोडी, अनिशा भण्डारी र अशोक सेढाईंको जोडी, रिया पुन र मनोज गुरुङको जोडी, बबिता थापा र सरोज पौडेलको जोडी, कर्णलाल कुलुङको जोडी, शर्मिला मगर र मदन मगरको जोडी तथा अन्जन सुर्खेती र बिमला बिस्कुनेको जोडी छनौट भएका छन् ।
छानिएका सर्वोत्कृष्ट जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।
कार्यक्रम अघिल्लो शनिबारदेखि सुरु भएको थियो । माया गर्ने जोडीहरुले एसएमएसमार्फत यो रेडियो गेम शोका लागि ‘जोडी दर्ता’ गरेका थिए ।
मायालु जोडीहरुलाई लक्षित यो कार्यक्रम बिग एफएमले हरेक वर्षको प्रणय दिवसमा गर्दै आएको छ । ओसिस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा यो पटकको ‘बेस्ट भ्यालेन्टाइन कपल’ रेडियो गेम शो संचालनमा आएको हो ।
