
नवराज ढुङ्गाना
पोखरा, ३ फागुन-
पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ अन्तर्गत रिया पुन र मनोज गुरुङको जोडी सर्वोत्कृष्ट बनेको छ ।
प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को अवसरमा एफएमले हरेक दिन छानिएका १० जोडीमध्ये मङ्गलबार उत्कृष्ट जोडी घोषित गरेको हो । सर्वोत्कृष्ट बनेको जोडीले नगद १५ हजार रुपैयाँ सहित भ्यालेन्टाईन स्पेशल गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
युवा ज्योतिष हरिहर अधिकारीले ज्योतिष शास्त्र अनुसार रिया र मनोजको जोडिलाई सर्वोत्कृष्ट जोडिको रुपमा घोषणा गरेका हुन् । उनले भने– ‘ज्योतिषशास्त्रअनुसार उत्कृष्ट १० जोडिमध्ये सबैभन्दा बढि लभ केमेस्ट्रि मिलेको उहाँहरुको जोडि देखियो । सोहि अनुसार उहाँहरुलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।’ मङ्गलबार लगभग दिनभर जसो नै चलेको बिशेष कार्यक्रमबाट विभिन्न जोडीहरुको लभ केमेष्ट्री हेरेर उनीहरुको जोडीलाई सर्वोत्कृष्ट घोषित गरिएको उनले बताए ।
फेब्रुअरी ४ तारिकबाट विग एफएममा शुरु भएको ‘बेस्ट भ्यालेन्टाईन कपल’ अन्तरगत १० दिनसम्म हरेक दिन एउटा उत्कृष्ट जोडि छनौट गरिएको एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । उत्कृष्ट हुने अन्य जोडिहरुमा सन्तोष भुजेल र वविता भुजेल, जापान र नानुको जोडी, सविना र निश्चलको जोडी, सुरेश र निरुको जोडी, अनिशा भण्डारी र अशोक सेढाईंको जोडी रहेका छन् ।
यस्तै, फाईनल प्रतिस्पर्धाका लागि बबिता थापा र सरोज पौडेलको जोडी, कर्णलाल कुलुङको जोडी, शर्मिला मगर र मदन मगरको जोडी तथा अन्जन सुर्खेती र बिमला बिस्कुनेको जोडी छनौट भएका थिए ।
उत्कृष्ट हुने जोडिहरुले नगद २ हजार रुपैयाँ र भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्ने एफएमले जनाएको छ ।
विग एफएमले एसएमएसमार्फत भ्यालेन्टाईन स्पेशल गेम शो मा सहभागिता हुने व्यवस्था मिलाएको थियो । लक्की ड्र मार्फत हरेक दिन एक जना जोडि उत्कृष्ट छनौट गरिएको थियो ।
मायालु जोडीहरुलाई लक्षित यो कार्यक्रम बिग एफएमले हरेक वर्षको प्रणय दिवसमा गर्दै आएको छ । ओएसिस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा यो पटकको ‘बेस्ट भ्यालेन्टाइन कपल’ रेडियो गेम शो संचालनमा आएको हो ।
